Home> News» Nepali» Published : 04 June, 2008 03:11:00

सहमति प्रयास जारी

राजनीतिक गतिरोध अन्त्यका निम्ति माओवादी, नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा जेठ २२ गते बिहानदेखि सुरु बैठक बेलुका ४ बजे पुन बस्ने भएको छ । बिहानको बैठकमा सहमति नभए पनि बैठक सहमतितर्फ अघि बढिरहेको बालुवाटारमा उपस्थित संचारकर्मीलाई एमाले महासचिव झलनाथ खनालले बताए । खनाल र एमाले नेताहरुले ...
...संसदीय दलको बैठकमा भाग लिन बालुवाटार छाडेको बताए पनि माओवादी र नेपाली कांग्रेस नेताहरु भने अहिले पनि बालुवाटारमा छलफल गरिरहेका छन् ।

यसैबीच, आजै बिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट्न पूर्व राजा ज्ञानेन्द्रका सहयोगी पशुपतिभक्त महर्जन बालुवाटार आएका थिए । कोइराला र महर्जनबीच आधा घण्टा कुराकानी भएको बालुवाटार श्रोतले बतायो । श्रोतका अनुसार, महर्जनले पूर्व राजाको बासस्थानको ब्यवस्थाबारे प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

  • email Email to a friend
Tags
No tags for this article
Rate this article
0